कलंकीका ट्राफिक प्रहरी निरीक्षक सहित १८ जना प्रहरी पुरस्कृत

कलंकीका ट्राफिक प्रहरी निरीक्षक सहित १८ जना  प्रहरी पुरस्कृत

काठमाडौं, १६ फागुन । आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई पुरस्कृत र सम्मान गरिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ९४ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने प्रहरी निरीक्षक पुरुषाेतम कार्की सहित १८ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar