एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३

काठमाडौं । एप्पलले आइफोन १३ सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी आइफोन १३ सँगै आइफोन मिनी सार्वजनिक गरेको हो। आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने मिनी ५.४ इन्चको रहेको छ।

यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन्। यी दुवैमा ए १५ बायोनिक चिप रहेको छ। अनि यी दुवै फोनमा लामो समय टिक्ने ब्याट्रीको प्रयोग गरिएको एप्पलले जनाएको छ। आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ।

आइफोन १२ को तुलनामा आइफोन १३मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ । आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ।

प्रकाशित मिति:     ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar