अन्नपूर्ण आधारशिविर पदयात्रा असोज पहिलो साताबाट खुल्ने

अन्नपूर्ण आधारशिविर पदयात्रा असोज पहिलो साताबाट खुल्ने

काठमाडौं । कोरोनाका कारणा बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो ।

विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले जानकारी दिए।

नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने गरेका थिए । सो क्षेत्रका २६ होटेलले पर्यटकलाई सेवा दिइरहेका छन् । अन्य १० होटेल थप्ने भनिएपनि कोरोनाले त्यो सम्भव भएको छैन ।

कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने माग व्यावसायीहरुको छ ।

प्रकाशित मिति:     २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar