एमसिसीविरुद्ध काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

एमसिसीविरुद्ध काठमाडौंमा विप्लवको शक्ति प्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेज कर्पोरेसन (एमसिसी) विरुद्ध विरोध जनाएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ताले संघीय राजधानी काठमाडौंका त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायतका ठाउँमा एमसिसीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनमा विप्लव, खड्गबहादुर विश्वकर्मालगायतका नेताले नेतृत्व गरेका छन् । प्रदर्शनकारीले राष्ट्रघाती एमसिसी खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए । यसैबीच, सुन्धारा पुगेर जुलुस केन्द्रित भएको छ । मूल जुलुसको नेतृत्व गरेका महासचिव विप्लवले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar