पठाओको दशैं महोत्सव– राइडरलाई बाइक र सेवाग्राहीलाई आइफोन जित्ने मौका

पठाओको दशैं महोत्सव– राइडरलाई बाइक र सेवाग्राहीलाई आइफोन जित्ने मौका

काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरी ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टीभीएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ ।

असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्याप्टेन र एक जना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक) ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौ उपहार भ्याकुम क्लिनर र पाँचौं उपहारमा मिक्सर जित्न सक्नेछन् ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar