व्यवसायी रुक्म शमशेर राणाको निधन

व्यवसायी रुक्म शमशेर राणाको निधन

काठमाडौं । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए । उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।

सन् १९३६ मा जन्मिएका उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् । उनी मिर्गौला, सुगर र प्रेसर सम्बन्धी समस्याबाट पीडित थिए ।

प्रकाशित मिति:     २६ भाद्र २०७८, शनिबार  |    Himali Khabar