अब हुलाकबाटै सात दिनभित्र राहदानी घरमै पुग्ने

अब हुलाकबाटै सात दिनभित्र राहदानी घरमै पुग्ने

काठमाडौं । अब हुलाकमार्फत नै सम्बन्धित व्यक्तिको घरमै राहदानी पुग्ने भएको छ । राहदानी विभाग र हुलाक सेवा विभागबीच हुलाकमार्फत सम्बन्धित जिल्ला, इकाई प्रशासन कार्यालयबाट राहदानी ओसारपसारका लागि सम्झौता भएको हो ।

यो सँगै अब राहदानी लिनका लागि सम्बन्धित कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ । सम्झौता अनुसार हुलाक कार्यालयले राहदानी विभागले तोकेको व्यक्ति तथा संस्थामा राहदानी पुर्‍याउनु पर्नेछ । त्यसका साथै हुलाकले राहदानी खामिएका पुलिन्दा (पोका) हरू एक दिनको अन्तरालमा राहदानी विभागबाट उठाएर सम्बन्धित गन्तव्यमा पुर्‍याउनु पर्ने बताइएको छ ।

त्यसरी उठाइएको राहदानीको सुरक्षा हुलाक विभागले गर्नुपर्ने जनाइएको छ । त्यसका लागि ट्रयाकिङ बार कोड जडान गरी ट्रयाकिङ कोडका आधारमा सामानको निगरानी गर्नुपर्ने व्यवस्था सम्झौतामा गरिएको छ । सम्झौता अनुसार राहदानी तोकिएको स्थानमा सात दिनभित्र पुर्‍याउनु पर्नेछ ।

प्रकाशित मिति:     २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar