९ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

९ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सोधिएको स्पष्टीकरणमा चित्तोबुझ्दो जवाफ नआएको भन्दै कार्यालयले एक वर्षका लागि ९ कम्पनीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा लर्ड शिवा जेनरल सम्लायर्स जनकपुर, जिके रेहान एन्ड सुन्दर जेभी नुवाकोट, नेपाल आर्किटेड एन्ड बिल्डर्स काठमाडौं, नुरानी कन्स्ट्रक्सन सुनसरी, फ्रेन्डस अर्विट कन्स्ट्रक्सन झापा, जलदेवी निर्माण सेवा नुवाकोट, भंगेरी निर्माण सेवा सोलखम्बु, न्यू बेलासपुर कन्स्ट्रक्सन दैलेख र साथीभाई निर्माण सेवा ललितपुर रहेको छ ।

प्रकाशित मिति:     २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar