बिक्वाइनको मूल्य फेरी ५० हजारभन्दा माथि

बिक्वाइनको मूल्य फेरी ५० हजारभन्दा माथि

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरी ५० हजार डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्यप्रति क्वाइन ५१ हजार ३७ डलर पुगेको छ ।

पछिल्लो समय तीव्र गिरावट भोगिरहेको बिटक्वाइनको मूल्य मे महिना यता पहिलोपटक ५० हजार डलर नाघेको हो । गत अप्रिलमा बिटक्वाइनको मूल्य अहिलेसम्मकै धेरै अर्थात् ६० हजार डलर पुगेको थियो । त्यसपछि भने बिटक्वाइनको मूल्य निरन्तर ओरालो लाग्दै गत जुलाई २० मा ३० हजार डलरमा झरेको थियो । यो वर्षको सबैभन्दा कम मूल्य चाहिँ गत जनवरी ४ मा थियो । सो दिन बिटक्वाइनको मूल्य २७ हजार ७३४ डलर थियो ।

प्रकाशित मिति:     २१ भाद्र २०७८, सोमबार  |    Himali Khabar