केन्द्रीय कार्यालय राख्नेबारे कुरा नमिलेपछि समाज र स्वस्तिकको मर्जर भाडियाे

केन्द्रीय कार्यालय राख्नेबारे कुरा नमिलेपछि समाज र स्वस्तिकको मर्जर भाडियाे

काठमाडौं । समाज र स्वस्तिक लघुवित्त बीच हुने भनिएको मर्जर प्रकृया भाडिएको छ । समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको हो ।

मर्जरपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिक लघुवित्तसँग मर्जर गर्न नसकिने समाजले जनाएको छ ।

समाजले मर्जर प्रकृया तोडिएको भन्दै बिहीबार नेपाल राष्ट्र बैंकलाई पत्राचार पनि गरेको छ । यी लघुवित्तबीच गत वर्षको असोज ५ गते एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको थियो ।

प्रकाशित मिति:     १८ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar