चार्टर्ड उडानमा चर्को शुल्क लिने यी चार कम्पनीलाई कारबाहीका लागि सिफारिस

चार्टर्ड उडानमा चर्को शुल्क लिने यी चार कम्पनीलाई कारबाहीका लागि सिफारिस

काठमाडौं । चार्टर्ड उडानमा चर्कोे शुल्क लिएको विषयमा छानविन गर्न गठित समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । पर्यटन सचिवलाई बुझाएको प्रतिवेदनमा एयरलाइन्सतर्फ टर्किस एयरलाइन्स र कतार एयरवेज , ट्राभल एजेन्सीतर्फ मेगावाइट र प्रेसिडेन्ट ट्राभललाई कारबाहीको लागि सिफारिस गरेको छ ।

यस्तै यस्तै हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि नियम संगत काम नगरेको प्रतिवेदनमा उल्लेख छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा २३ वटा उजुरी परेका थिए ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar