मनास्लु हिमाल आरोहणका लागि दुई टोलीले अनुमति पाए

मनास्लु हिमाल आरोहणका लागि दुई टोलीले अनुमति पाए

काठमाडौं । यस वर्षको अटम सिजनमा मनास्लु हिमाल आरोहणका लागि दुई टोलीले अनुमति पाएका छन्। पर्यटन विभागले दुई टोलीलाई मनास्लु आरोहणका लागि स्वीकृति दिएको हो।

आरोहण अनुमति पाउने पहिलो टोलीमा १५ जना रहेका छन्। जसमा महिला पाँच र पुरुष १० जना रहेको विभागले जनाएको छ।

यस्तै दोस्रो टोलीमा १० जना रहेका छन्। उनीहरु सबै पूरुष रहेको विभागले जनाएको छ। विश्वको आठौं अग्लो हिमाल मनास्लुको उचाई ८ हजार १ सय ६३ मिटर रहेको छ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar