शिवम् सिमेन्टले विद्युत महसुलको दुई अर्ब ३४ करोड तिरेन

शिवम् सिमेन्टले विद्युत महसुलको दुई अर्ब ३४ करोड तिरेन

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन् । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत कम्पनीले सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जानकारी दिएको छ।

प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि कुनै चासो नदेखाएको प्राधिकरणको वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए ।

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो ।

प्रकाशित मिति:     १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar