एप्पलका सीईओले बोनश वापत ५० लाख कित्ता सेयर पाए

एप्पलका सीईओले बोनश वापत ५० लाख कित्ता सेयर पाए

क्यालिफोर्निया अमेरिकी आईफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकले अधिकांश शेयर ७५० मिलियन डलरभन्दा बढीमा बेचेर एप्पल स्टकको ५० लाख कित्ता सेयर बोनस पाएका छन् ।

यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश शेयर लगभग यस हप्ता ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेको बताइएको छ । कम्पनीका अनुसार गत ती वर्षमा कम्पनीको शेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण कुकले सो संख्यामा शेयर प्राप्त गरेका हुन् । कम्पनीको शेयरमूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १२०० प्रतिशतले बढेको छ।

सन् २०१८ को अगस्टदेखि २०२१ को अगस्टसम्म सेयरधनीहरूका लागि नाफा कमाएर कम्पनी स्टकको शीर्ष स्थानमा रहन सफल भएको छ । आईफोन, आईप्याड र म्याकबुक निर्माण गर्ने गरेको उक्त कम्पनीको बजार पूँजीकरण २४ खर्ब अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति:     १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar