प्रहरीलाई अतिरिक्त आम्दानीका लागि डीम्याट खोलेर आइपीओ भर्न एसपी होबिन्द्र बोगटीको सुझाव

प्रहरीलाई अतिरिक्त आम्दानीका लागि डीम्याट खोलेर आइपीओ भर्न एसपी होबिन्द्र बोगटीको सुझाव

काठमाडौं । स्याङ्जाका प्रहरी एसपी होबिन्द्र बोगटीले अतिरिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न मातहतका प्रहरीलाई आग्रह गरेका छन् ।

अतिरिक्त पैसा कमाउनाले व्यक्तिगत जीवन जिउन सजिलो हुने र खुशिपूर्वक काम गर्न सकिने उनको भनाई छ । जुनियर प्रहरी अधिकृतको तलब थोरै हुने र पैसा कमाउन बढी मिहेनत गर्नुपर्ने तथा आयआर्जनको वैकल्पिक माध्यमबारे सोच्नुपर्ने बाध्यता रहेको बोगटी बताउँछन् ।
यसो गर्नाले तल्लो तहमा भ्रष्टाचारमा कमी आउने बुझाई पनि उनको छ । सामाजिक संजालमा समय खर्चनुभन्दा उत्पादनशिल काममा लागिपर्न समेत उनको सुझाव छ ।

आइपीओ भर्न ठूलो ज्ञानको समेत आवश्यकता नपर्ने भएकाले त्यसो गर्न उनको सुझाव छ । जागिरबाट अवकास पाएपछि पनि आर्थिकरुपमा सुरक्षित हुने उनको भनाई छ । स्याङ्जामा ५०० प्रहरी कार्यरत रहेको र तीमध्ये ७५ प्रतिशतले डिम्याट खाता खोलेको जानकारी उनले दिए ।

प्रकाशित मिति:     १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar