आइफोन – १३ सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी

आइफोन – १३ सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी

काठमाडौं । एप्पलले आइफोन–१३ अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्टअनुसार अमेरिकी मल्टिनेसनल कम्पनीले आफ्नो सर्वाधिक चर्चित र सफल ग्याजेटको नयाँ मोडेल आगामी सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आइफोनको नयाँ मोडलका लागि प्रि–बुकिङ सेप्टेम्बर १७ देखि सुरु गरिने छ भने सेप्टेम्बर २४ देखि बजारमा पठाउने कम्पनीको तयारी छ ।

गिज्मोचाइनाले शुक्रबार जारी गरेको रिपोर्टअनुसार एप्पपलका आइफोन १३ चिनियाँ ई–कमर्स वेबसाइटहरूमा सूचीकृत भइसकेका छन् । एप्पपले आइफोन १३ मा चार वटा नयाँ मोडेल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar