प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को केही दिन अघिको सिफारिसअनुसार शर्मालाई प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत् जनाएको छ।

शर्मा अहिले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा छन्। उनलाई आउँदो भदौ २४ देखि सेनाको पूर्ण कमाण्ड सम्हाल्नेगरी प्रधानसेनापति नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar