पोखराबाट ८ जना जुवाडे पक्राउ

पोखराबाट ८ जना जुवाडे पक्राउ

काठमाडौं । पोखराबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा नदीपुरस्थित एकमाया राना मगरको घरमा तास खेलिरहेका अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्री नेतृत्वको प्रहरी टोलीले ८ जनालाई नगद रकम र तास सहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले ५६ हजार १३० रुपैयाँ नगद र ४ बुक तास सहित ८ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा घरधनी रानामगर, ३८ वर्षका इन्द्र रानामगर, बर्ष २९ का देवीन पुन, बर्ष ३२ की मनमाया रोक्का, बर्ष ५४ की नरकुमारी रोक्का, बर्ष ४४ का बुद्धिबहादुर राना र बर्ष २५ का प्रेम चुचांगे रहेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar