मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी

मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी

गोरखा । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै गत वैशाख १६ गतेदेखि केबलकार बन्द छ । तीन महिनाको अवधिमा करिब दश करोड रुपैयाँ घाटा भएको प्रालिले जनाएको छ ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar