कोभिड प्रभावित ऋणीको साँवा तथा ब्याज तिर्ने समय एक बर्ष थपियो

कोभिड प्रभावित ऋणीको साँवा तथा ब्याज तिर्ने समय एक बर्ष थपियो

काठमाडौं । कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा दिन निर्देशन दिएको हो । यो सुविधा कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये हाेटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीले पाउनेछन् ।

कोभिड–१९ को असर मूल्याङ्कन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ’ निर्देशनमा भनिएको छ ।

प्रकाशित मिति:     ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar