फेसबुकलाई टुक्र्याउने अमेरिकीको अर्को प्रयास

फेसबुकलाई टुक्र्याउने अमेरिकीको अर्को प्रयास

काठमाडौं । अमेरिकी सरकारको संघीय वाणिज्य आयोगले सोसल मिडिया कम्पनी फेसबुकलाई टुक्राउनका लागि अर्को प्रयास गरेको छ । आयोगले अमेरिकाको संघीय अदालतमा पुनः अर्को मुद्दा दर्ता गर्दै फेसबुकले सोसल मिडियामा एकाधिकार कायम गरी प्रतिस्पर्धामा बाधा पुर्‍याएको जिकिर गरेको छ ।

करिब दुई महिना अघि पनि आयोगले फेसबुकविरुद्ध यस्तै मुद्दा हालेकोमा संघीय अदालतका न्यायाधीशले आयोगको अभियोगमा प्रमाण नपुग्ने भनेर आदेश गरेका थिए । तर आयोगले बिहीबार संशोधित निवेदन अदालतमा दर्ता गरेको छ । जुन दुई महीना अगाडि दायर निवेदनभन्दा ५० प्रतिशत लामो छ । यद्यपि पुरानै निवेदनमा गरिएका अधिकांश दाबीहरुलाई दोहोराइएको छ ।

फेसबुकले प्रतिस्पर्धालाई निस्तेज पार्ने गरी विभिन्न कम्पनीहरु खरीद गरेर आफूमा गाभेर कानूनको उल्लंघन गरेको आयोगको जिकिर छ । यसमा फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएप खरीद गरेको विषय तथा फेसबुकको प्लाटर्फममा थर्ड पार्टी एपलाई प्रवेश नदिएर प्रतिस्पर्धा विरोधी रवैया अपनाएको विषय प्रमुख रुपमा उठाइएको छ ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar