काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सेवा विस्तार भएर ६७.३४ प्रतिशत नेपालीहरुको पहुँचमा बैंक पुगेको बताएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले यस्तो तथ्य प्रस्तुत गरेको हो ।
यो प्रतिवेदन अनुसार अझै ३२.६६ प्रतिशत नेपाली बैंकिङ्ग पहुँचमा बाहिर छन ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा प्रतिवेदन तयार गरेको बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७८ चैत मसान्तमा ५,९७८ पुगेको जनाएको छ ।
कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको र सो मार्फत बैंकको निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ पुगेको बैंकले जनाएको छ ।