सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन माग गर्दै विकास बैंकहरूको धितोपत्र बोर्डलाई पत्र

सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन माग गर्दै विकास बैंकहरूको धितोपत्र बोर्डलाई पत्र

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।

विकास बैंकले पनि सहायक कम्पनी खोलेर धितोपत्र दलाल व्यवसायीको काम गर्न दिनुपर्ने मागसहित डेभलपमेन्ट बैंकर्स एसोसिएसनले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको जनाएको छ । “धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानुनबमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ,” भन्ने व्यवस्था रहेको छ,” डेभलपमेन्ट बैंकर्स संघले भनेको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar