नबिल बैंकले गत बर्ष ४ अर्ब ५० करोड नाफा कमायो

नबिल बैंकले गत बर्ष ४ अर्ब ५० करोड नाफा कमायो

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७७-०७८ मा ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढी हो ।

अघिल्लो बर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता २९.९४ प्रतिशत रहेको छ ।

गत बर्ष बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा बढेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar