म्हैपीमा व्यापारीको यार्सागुम्बा लुट्ने ७ जना पक्राउ

म्हैपीमा व्यापारीको यार्सागुम्बा लुट्ने ७ जना पक्राउ

काठमाडौं । म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए ।

उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको कोइरालाले बताए ।

प्रकाशित मिति:     ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar