बैंकिङ कसूरमा दोषी ठहर भई फरार एक महिला पक्राउ

बैंकिङ कसूरमा दोषी ठहर भई फरार एक महिला पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ की ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७६ जेठ २१ गते चेक बाउन्सको मुद्दामा दोषी ठहर गर्दै पाँच दिन कैद र २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकी खड्गीलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar