पालिका जोड्ने सडक प्रदेश सरकारले कालोपत्रे गर्ने

पालिका जोड्ने सडक प्रदेश सरकारले कालोपत्रे गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहहरुलाई आपसमा जोड्ने सडक कालोपत्रेको काम प्रदेश सरकारले गर्ने बताएका छन् । अघिल्लो सरकारले यस्ता सडक तीन तहको समन्वयमा सञ्चालन गर्ने योजना ल्याएको थियो । तर संघीय सरकार र प्रदेश कसले बजेट विनियोजन गर्ने भन्ने विवादका कारण यो योजना नै अलपत्र परेको थियो ।

बिहीबार राष्ट्रियसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने– ‘मैले अर्थमन्त्री भएको तेस्रो दिनमा त्यसलाई प्रदेशले नै सञ्चालन गर्न पाउने गरी स्वीकृत गरेको छु ।’

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar