काठमाडौं। कोभिड–१९ लगायत संक्रामक रोग बिरुद्धको खोप उत्पादन गर्न सरकारले वित्तीय सहुलियत उपलब्ध गराउने भएको छ। राजपत्रमा सुचना प्रकाशित गर्दै उद्योग बाणिज्य मन्त्रालयले उद्योगलाई वित्तीय सहुलियत तथा छुट, क्लिनिकल ट्रायल स्वीकृति प्रदान, खोपको बजार मूल्य निर्धारण, पर्चेज ग्यारेन्टी तथा शर्त र त्यसको कार्यान्वयन विधि तोकेको छ।
सरकारले भ्याक्सिनलाई छुट दिने कुरा चलिरहेका बेला केही कर्पोरेटहरुले यसमा चासो राखेका छन्। कर्पोरेटले चासो राखेपछि सरकारले छुट घोषणा गरको हो। भ्याक्सिन उत्पादन गर्ने उद्योग स्थापनाका लागि आधार दरमा कर्जा, ब्याज पुँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनर्कर्जाको दरमा सहुलियतपूर्ण कर्जा तथा कर्जा नवीकरण सुविधा उपलब्ध गराइने भएको छ। विशेष पुनर्कर्जाको ब्याज दर एक प्रतिशत छ।
यस्तै यस्त उद्योगलाई सञ्चालनमा आएको वर्ष मितिदेखि पहिलो पाँच बर्षसम्म विद्युत डिमाण्ड शुल्क छुट हुने छ।