भदौ २५ गतेको नाडाको निर्वाचन स्थगित

भदौ २५ गतेको नाडाको निर्वाचन स्थगित

काठमाडौं । अटोमोबाइल व्यवसायीको छाता संगठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को २१ औं निर्वाचन स्थगित भएको छ ।

४५ औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ २५ गते निर्धारित नाडाको निर्वाचन कोरोना महामारीको संक्रमण बढ्दै गएपछि तत्कालका लागि स्थगित गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नाडाको मंगलबार बसेको १४ औं केन्द्रीय कार्यसमिति बैठकले हाललाई सभा–सम्मेलनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएकाले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि साउन १५ गतेको बैठकको निर्णयअनुसार नाडाले साधारणसभा एवं निर्वाचनको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको थियो । प्रशासनले कोरोना महामारीको तेस्रो संक्रमण आउन सक्ने र संक्रमणको दर बढ्दै गएकाले अनुमति दिएको थिएन ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar