काठमाडौं । गतवर्ष विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एपमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक रहेको छ । एप विश्लेषक कम्पनी एप एनीले सार्वजनिक गरेको मोबाइल एप ट्रेन्ड २०२० शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।
गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।
सूचीको शीर्ष पाँच स्थानमध्ये बाँकी रहेको चार स्थानमा फेसबुकको स्वामित्वमा रहेका एपहरु छन् । अर्थात् शीर्ष पाँचमा टिकटक मात्रै फेसबुकको स्वामित्वमा नरहेको एप हो । सन् २०१८ मा यो सर्वेक्षण शुरु भएयता शीर्ष स्थानमा फेसबुकको स्वामित्वका एपहरुको वचश्र्व रहँदै आएको छ । सूचीमा अझै पनि फेसबुककै एपहरुको प्रभुत्व छ ।
फेसबुक, ह्वाट्स एप, इन्ष्टाग्राम र फेसबुक म्यासेञ्जर शीर्ष पाँचमा छन् ।