काठमाडौं । सर्वसाधारणलाई आईपीओ जारी गरेपछि शेयर बजारमा निकै चर्चित चन्द्रागिरी हिल्स लिमिटेडको घाटा १३८.०८ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण केबल कार बन्द रहेकाले कम्पनीको नोक्सानी भारी मात्रामा बढेको हो ।
आर्थिक वर्ष २०७७–०७८ मा कम्पनीको संचालन नोक्सानी १४ करोड ७२ लाख रुपैयाँले बढेर २५ करोड ३८ लाख रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी नै २२ करोड १५ लाख रुपैँयामा खुम्चिएको छ । अघिल्लो वषएमा कम्पनीको आम्दानी ४१ करोड ३० लाख रुपैँया थियो ।
यस्तै चन्द्रागिरीको प्रति सेयर आम्दानी पनि ७.९० रुपैँया ऋणात्मकबाट बढेर १६.५५ रुपैँया पुगेको छ ।