प्रधानसेनापति कमाण्ड बलाधिकृत रथी शर्मालाई हस्तान्तरण

प्रधानसेनापति कमाण्ड बलाधिकृत रथी शर्मालाई हस्तान्तरण

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रम प्रधानसेनापति थापाले बलाधिकृत रथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar