आज पठाओमा निःशुल्क यात्रा गर्न मिल्ने

आज पठाओमा निःशुल्क यात्रा गर्न मिल्ने

काठमाडौं। आजको दिन पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ। दोस्रो एनिभर्सरीको अवसरमा पठाओ नेपालले आज यस्तो अफर ल्याएको हो।

दिउँसो २ बजेदेखि २बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत ट्याक्सी बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउनेछन्। ८ हजार ट्याक्सी आवद्ध भएको पठाओ नेपालमा अहिले दैनिक २हजार ५सयले सेवा दिइरहेका छन्।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar