काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष अघिल्लो वर्षभन्दा ५.८७ प्रतिशत कम नाफा कमाएको छ । अघिल्लो वर्ष ७४ करोड ५५ लाख ९० हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष ७० करोड १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ५ . १९ प्रतिशत कम भएको छ । कम्पनीको विद्युत् विक्री आम्दानी कम हुँदा नाफामा असर परेको हो । अघिल्लो वर्ष ११ अर्ब ४ करोड ७ लाख ३९ हजार रुपैयाँ विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष १.११ प्रतिशत कम ११ करोड २ करोड ८० लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको हो ।
विद्युत् आम्दानी कम हुँदा कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्ष ७९ करोड ५३ लाख ७७ हजार रहेकोमा गत वर्ष ७५ करोड ४१ लाख २३ हजार रुपैयाँ भएको छ ।