प्रभुमा अब मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने

प्रभुमा अब मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं । प्रभु बैंकल मेशिनबाट खाताबाट पैसा जम्मा गर्न सक्ने सेवा सुरु गरेको छ । प्रभु बैंकले ग्राहक महानुभावहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिनबाट पैसा जम्मा गर्न सकिने सेवा सुरु गरेको हो ।

शुक्रबारदेखि सेवाको औपचारिक रुपमा संचालनमा ल्याइएको छ । बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।

मेशिन बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं। टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मारराख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ ।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar