टेलिग्रामले एकैपटक हजार जनासम्मले कुरा गर्न सकिने भिडियो कल सुविधा ल्यायो

टेलिग्रामले एकैपटक हजार जनासम्मले कुरा गर्न सकिने भिडियो कल सुविधा ल्यायो

काठमाडौं । म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले भिडियो कुराकानी गर्न मिल्ने सेवा सुरु गरेको छ। एपमार्फत एकै पटक एक हजार जनासम्मले भिडियो कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

संयुक्त रूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमको प्रयोग बढीरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो। कम्पनीले हालै घोषणा गरेको नयाँ सेवानुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ।

पटकपटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने अरु गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ।टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैं डिलिट हुने व्यवस्थासमेत गरिएको छ। भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar