ठमेलबाट अवैध मदिरा बनाउने कारखानामा प्रहरी छापा, एक चिनियाँ नागरिक पक्राउ

ठमेलबाट अवैध मदिरा बनाउने कारखानामा प्रहरी छापा, एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको हो ।

अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको हो। उक्त कारखाना एक चिनियाँ नागरिकले चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

प्रहरीले ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। त्यहाँ मेसिन नै राखेर रक्सी बनाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका चिनियाँ नागरिक थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar