वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्दै ७४ लाख ठगी गर्ने पक्राउ

वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्दै ७४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं। वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने बिनोद भुसाल, पोखरा महानगरपालिका–२ का पुकार गुरुङ र पोखरा महानगरपालिका–१२ रानीपौवाका प्रकास गुरूङ रहेका छन्। उनीहरुले पीडितलाई ७४ लाख नौ हजार ५ सय रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:     ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar