यो वर्ष सिन्धु विकास बैंकका लगानीकर्ताको हाल खाली

यो वर्ष सिन्धु विकास बैंकका लगानीकर्ताको हाल खाली

काठमाडौं, ८ फागुन । सिन्धु विकास बैंकका सेयरधनीहरूले यसपाली लाभांश नपाउने भएका छन् । बैंकले लाभांश वितरण नगर्ने जानकारी दिएको छ ।

बिहीबार बसेको बैंकको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । आर्थिक वर्ष २०७६र७७ को वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले राष्ट्र बैंकलाई थप स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकले चुक्ता पुँजीको ११.५१ प्रतिशत बोनस सेयर र ०.५७५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।

प्रकाशित मिति:     ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar