यामाहाको बाइक र स्कुटरको मूल्य बढ्यो, कुनको मूल्य कत्ति ?

यामाहाको बाइक र स्कुटरको मूल्य बढ्यो, कुनको मूल्य कत्ति ?

काठमाडौं । नेपाली बजारमा यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । एसजेड आरआर, एफजेट आर भि टु, एफजेट २५, आरवान ५ भिथ्रि, एफजेट एस भि थ्रिको मूल्य बढेको छ ।

यस्तै स्कुटर सेग्मेन्टमा रे जेटआरको दुवै सेग्मेन्ट र फ्यासिनोको मूल्य बढेको छ । यामाहाले एफजेड भी टु, एमटी १५, आर थ्री, फेजर २५, रेजेड आर स्ट्रीट र्याली ११३, एक्सटीजेड १२५ र एनम्याक्स १५५ स्कुटरको मूल्य यथावत नै राखेको छ ।

एफजेटएस भिथ्रिको मूल्य ३ लाख ३४ हजार ९ सय, आर१५ भिथ्रिको ४ लाख ८१ हजार ९ सय, एफजेट २५ को ४ लाख ४७ हजार ९ सय, एफजेट एस भिटुको ३ लाख ८ हजार ९ सय, एस जेट आर आरको २ लाख ४६ हजार ९ सय, रेजेटआर १२५ स्ट्रिट र्यालिको २ लाख ६९ हजार ९ सय, रेजेटआर १२५ एफआई २ को २ लाख ५९ हजार ९ सय र फ्यासिनो १२५ को २ लाख ६४ हजार ९ सय रुपैयाँ पुर्याएको छ ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar