काठमाडौं । चर्चित चिनियाँ र्यापर तथा कलाकार क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । कम उमेरका किशोरी तथा युवतीसँग यौन सम्बन्धका लागि प्रलोभन देखाएको आरोप लागेसँगै विभिन्न ब्रान्डले उनीसँगको सम्झौता तोडेका छन् ।
सामाजिक सञ्जालमा यो आरोपमाथि बहस चर्किएको छ । कतिले उनलाई मनोरञ्जन क्षेत्र त्यागेर देशसमेत छोड्नुपर्ने अभिव्यक्ति दिएका छन् । वू चिनियाँ(क्यानडेली र्यापर एवं कलाकार हुन् । १९ वर्षिया डु मैज्हुले यौन दुर्व्यवहारको आरोप लगाएसँगै क्रिस विवादमा तानिएका हुन् । डुले केही हप्तादेखि सामाजिक सञ्जालमा वूले किशोरीहरुलाई संगीत र अभिनय क्षेत्रमा काम दिने भन्दै यौन सम्बन्ध राख्न प्रलोभन देखाएको कुरा सार्वजनिक गर्दै आएकी छन् ।