काठमाडौं । राष्ट्रपतिले शपथ ग्रहण समारोहमा उपस्थित हुन अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई सर्वोच्च अदालतमा नै शपथ ग्रहण गराइएको छ ।
महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने व्यवस्था छ । निवर्तमान महान्यायाधीवक्ता रमेश बडाललाई शीतल निवासमा राष्ट्रपति भण्डारीकै उपस्थितिमा शपथ गराइएको थियो ।