काठमाडौं, ७ फागुन । महालेखा नियन्त्रकलाई नेपाल बैंक लिमिटेडको अध्यक्षको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक मधु मरासिनीलाई नेपाल बैंकको जिम्मेवारी दिएको हो।
नेपाल बैंकको अध्यक्ष रहेका बासुदेव अधिकारीले सो पदबाट केही दिनअघि राजीनामा दिएका थिए। सो राजीनामा स्वीकृत गर्दै अर्थले मरासिनीलाई जिम्मेवारी दिएको हो। मरासिनी नेपाल सरकारका सचिव हुन्। उनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालय प्रमुख छन्।
नेपाल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो। तर अर्थ मन्त्रालयले १० प्रतिशत मात्रै वितरण गर्न भनेपछि अधिकारीले राजीनामा दिएका थिए।