गृह मन्त्रालयले एआईजीहरुको सरुवा रोक्यो

गृह मन्त्रालयले एआईजीहरुको सरुवा रोक्यो

काठमाडौं । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआईजीहरुको सरुवा गरेको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षणका एआइजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा गरिएको थियो।

यस्तै मेट्रोका एआइजी हरिबहादुर पालको कार्य विभाग, प्रशासन विभागका एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको थियो।

अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेललाई एकेडेमी र एआइजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको थियो ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar