गुगललाई ५०० मिलियन अमेरिकी डलरको जरिवाना

गुगललाई ५०० मिलियन अमेरिकी डलरको जरिवाना

एजेन्सी। फ्रान्सको एन्टी ट्रस्ट एजेन्सीले मंगलबार गुगलमाथि नियम उल्लंघन गरेको भन्दै ५ सय मिलियन अमेरिकी डलरको जरिवाना लगाएको छ।

समाचार एजेन्सी एपीका अनुसार फ्रान्सेली समाचार प्रकाशकको समाचार प्रकाशनपछि दिनुपर्ने रकम नदिएका कारण गुगलमाथि ५ सय मिलियन अमेरिकी डलरको जरिवाना लगाइएको हो। गुगलको फ्रान्सस्थित कार्यालयले भने समाधान बाटोतर्फ अग्रसर भइरहेको बताएको छ।

प्रकाशित मिति:     २९ असार २०७८, मंगलवार  |    Himali Khabar