लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना करिब एक महिनादेखि बन्द छ । एक दिन मात्रै विद्युत् उत्पादन नहुँदा करिब एक करोड २० लाख रुपियाँ घाटा हुने आयोजनाले जनाएको छ ।
मस्र्याङ्दी नदीमा आएको बाढीका कारण विद्युत् गृहको मेसिनमा क्षति पु¥याएपछि गत जेठ ३१ गते राति ११ बजेबाट आयोजनाबाट विद्युत् उत्पादन बन्द छ । आयोजना बन्द भएको २९ दिन पुगेको छ । यो अवधिमा दैनिक एक करोड २० लाख हाराहारीको घाटाले आयोजनालाई करिब ३४ करोड ८० लाख रुपैयाँ घाटा भएको छ ।
माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनियर कर्ण अधिकारीले मस्र्याङ्दीमा बाढी उर्लिएर आएपछि टनेलबाट स–साना ढुङ्गा र बालुवा छिर्दा टर्वाइनमा समेत असर परेको छ ।