क्‍वारेन्टाइनको व्यवस्था हटाउन पर्यटन व्यवसायीको माग

क्‍वारेन्टाइनको व्यवस्था हटाउन पर्यटन व्यवसायीको माग

काठमाडौं, ६ फागुन । पर्यटन व्यवसायीले सरकारसँग पर्यटन क्षेत्रमा रहेको क्‍वारेन्टाइनको व्यवस्था हटाउन माग गरेका छन्। आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरूले यस्तो माग गरेका हुन्।

उनीहरूले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्‍वारेन्टाइन बस्नुपर्ने भनिए पनि पीसीआर रिर्पोट नेगेटिभ आएपछि कोही क्‍वारेन्टाइन नबस्ने गरेको बताए।
व्यवसायी विशेष श्रेष्ठले कसैले पनि नमान्ने नियम लागु गरेको पर्यटकलाई दुःख भएको बताए। यस्तै, उनले पर्यटक व्यवसायीलाई पनि फ्रन्टलाइनरमा राखेर खोप दिनुपर्ने बताए।

यस्तै बिक्रम पाण्डेले व्यवसाय र व्यवसायी बचाउन नेपालको पर्यटन क्षेत्रलाई खुला गर्नुपर्ने बताए। उनले बिस्तारै उकालो लाग्दै गरेको व्यवसायलाई रोक्न नहुने बताए।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar