सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका अभियन्ता पक्राउ

सरकारी जग्गा कब्जा गरेको आरोपमा हाम्रो टिम नेपालका अभियन्ता पक्राउ

काठमाडौं । हाम्रो टिम नेपालका अभियन्ता विमल पन्त पक्राउ परेका छन् । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जाको आरोपमा प्रहरीले पन्तसहितका अभियन्ताहरुलाई पक्राउ गरेको हो ।

हाम्रो टिम नेपालले लकडाउनको समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो । युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरेपछि प्रक्राउ गरिएको जनाइएको छ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar