मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

भक्तपुर।महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ घर भई हाल भक्तपुर–८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ,भक्तपुर–२ दत्तात्रयका १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु,दोलखा सैलुङ–२ घर भई हाल सूर्यविनायक–६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु छन्।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar