ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो ।

संग्रौलासँगै पक्राउ परेका हिमाल उपाध्याय र शर्मीला वाइवालाई पनि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । उनीहरूलाई अभद्र व्यवहार अन्तर्गत प्रहरीले कारवाही थालेको थियो । त्यसबाहेक प्रहरीलाई गरेको रंगभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar